बुधबार, ७ असोज, २०८३ (1789496100)
बुधबार भदौ ३१, २०८३

भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई १ लाख दिने माप्य दुधकोशीको निर्णय    

माप्य दूधकोशी गाउँपालिकाले प्राकृतिक विपत्तिमा परी पीडित भएका गाउँपालिकाभित्रका परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आज गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्राकृतिक विपतमा परी पिडित गाउँपालिका भित्रका परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । प्राकृतिक विपत्तिमा परी पीडित भएका गाउँपालिकाभित्रका प्रत्येक परिवारलाई गाउँपालिका सरकारको तर्फबाट रु. एक लाख राहत प्रदान गर्ने निर्णय गरिएको माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो । बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा बेपत्ताको सकुशलताको कामना गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ