राष्ट्रिय कृषि आधुनिकीकरण सोलुखुम्बुको वार्षिक कार्यक्रम सार्वजनिक
सोलुखुम्बु : राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगाको आयोजनामा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय बैठक तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको पहिलो चरण आर्थिक वर्ष २०८३÷८४ देखि समाप्त हुने भएकाले परियोजनाअन्तर्गत हालसम्म सञ्चालन भएका कार्यक्रम तथा उपलब्धिको यथार्थ विवरण अद्यावधिक गरी कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगालाई उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
परियोजनाअन्तर्गत प्रदेशतर्फ कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहतर्फ कृषि तथा पशु विकास शाखामार्फत ब्लक तथा पकेट विकास कार्यक्रम सञ्चालन हुँदै आएका छन् । बैठकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगाको चालु आर्थिक वर्ष २०८३÷८४ को वार्षिक स्वीकृत कार्यक्रम सरोकारवाला निकायको सहभागितामा प्रस्तुत गरी सार्वजनिक गरिएको थियो । ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सञ्चालित छ वटा जोन क्षेत्रअन्तर्गत बाख्रा जोन, आलु जोन, स्याउ–ओखर–किबी–सुन्तला जोन तथा अदुवा–बेसार जोनका साथै उद्यमशीलता कार्यक्रमका लागि प्रस्तावित अनुदानसम्बन्धी कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो । संघ, प्रदेश र स्थानीय तहका कृषि तथा पशु विकास शाखाबाट सञ्चालन हुने कार्यक्रम तथा क्रियाकलापमा दोहोरोपना र डुप्लिकेसन हुन नदिन तीनै तहबीच आवश्यक समन्वय र सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले कृषकलाई परम्परागत कृषिमा मात्र सीमित नराखी व्यावसायिक कृषितर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरले नेपाललाई कृषि प्रधान देश भनिँदै आए पनि कृषि क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । कृषि उत्पादनको बजार व्यवस्थापनलगायत विभिन्न कारणले कृषि क्षेत्रले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उहाँले उत्पादनसँगै बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगाका निमित्त वरिष्ठ कृषि अधिकृत हेमबहादुर आले मगरले कार्यालयले हालसम्म सञ्चालन गरेका कार्यक्रम तथा हासिल भएका उपलब्धिबारे जानकारी गराउनुभयो ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते



2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)
