बुधबार, ७ असोज, २०८३ (1790014500)
मंगलबार असोज ६, २०८३

नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली

       सोलुखुम्बुः   नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सोलुखुम्बु जिल्लाका ५२ वटै वडामा शनिबार र आइतबार वडा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । सहमति तथा लोकतान्त्रिक प्रक्रियाबाट जिल्लाका सबै स्थानीय तहका वडाहरूमा सभापतिहरू चयन भएसँगै वडा तहमा पार्टी संगठन थप सुदृढ र गतिशील बनेको नेपाली कांग्रेस सोलुखुम्बुका पार्टी सचिव युवराज घिमिरेले जानकारी दिनुभयो । 
   प्राप्त विवरण अनुसार सोलुदुधकुण्ड नगरपालिकाका ११ वटै वडामा सभापतिहरू सर्वसम्मत तथा प्रतिस्पर्धाबाट चयन भएका छन्। जसमा वडा नं. १ मा छोङ्बा लामा शेर्पा, वडा नं. २ मा सोनाम शेर्पा, वडा नं. ३ मा छिरिङ शेर्पा ,वडा नं. ४ मा राम बहादुर बराइली, वडा नं. ५ मा क्षितिङ तामाङ, वडा नं. ६ मा देण्डी शेर्पा, वडा नं. ७ मा दोमी शेर्पा, वडा नं. ८ मा रुद्र बहादुर मगर, वडा नं. ९ मा आङ पेम्बा शेर्पा, वडा नं. १० मा होम बहादुर मगर र वडा नं. ११ मा मैना बस्नेत वडा सभापति निर्वाचित हुनुभएको छ।  
   त्यस्तै लिखुपिके गाउँपालिकाका ५ वटै वडामा नयाँ नेतृत्व चयन भएको छ। जस अनुसार वडा नं. १ मा निमा शेर्पा, वडा नं. २ मा इन्द्र बहादुर बस्नेत, वडा नं. ३ मा नारायण बहादुर बस्नेत, वडा नं. ४ मा गणेश खड्का र वडा नं. ५ मा हेम बहादुर तामाङ वडा सभापतिमा चयन हुनुभएको छ।  
   खुम्बु पासाङल्हामु गाउँपालिकाअन्तर्गत वडा नं. १ मा रामकृष्ण मगर, वडा नं. २ मा लाकवीर तामाङ, वडा नं. ३ मा पासाङ छिरिङ शेर्पा, वडा नं. ४ मा पासाङ छिरिङ शेर्पा र वडा नं. ५ मा दावाफिन्जो शेर्पा वडा सभापति हुनुभएको छ।  
   माप्य दूधकोशी गाउँपालिकाका ७ वटा वडामा क्रमशः वडा नं. १ मा लामा दावा शेर्पा, वडा नं. २ मा प्रदिप राई, वडा नं. ३ मा पूर्ण बहादुर कार्की, वडा नं. ४ मा विनोद राई, वडा नं. ५ मा भै बहादुर राई, वडा नं. ६ मा वृत्त राई र वडा नं. ७ मा वाङ्छु शेर्पा सभापति चयन हुनुभएको छ।  
  थुलुङ दूधकोशी गाउँपालिकामा वडा नं. १ मा मिसन खत्र्री, वडा नं. २ मा भिम बहादुर बस्नेत ,वडा नं. ३ मा भुपाल सिहं राइ , वडा नं. ४ मा गुणराज उपाध्याय वडा नं. ५ मा खिम बहादुर बस्नेत , वडा न  ६ मा लिला बस्नेत , वडा न ७ मा मिलन राई , वडा  न ८ मा दिनेश  राइ र वडा  न ९ मा गेल्जेन शेर्पा वडा सभापति बन्नुभएको छ।
   सोताङ गाउँपालिकामा वडा नं. १ मा मकराज बस्नेत, वडा नं. २ मा तारा कुमार राई, वडा नं. ३ मा मिलन राई, वडा नं. ४ मा नविन नाछिरिङ र वडा नं. ५ मा बलराम बस्नेत निर्वाचित हुनुभएको छ।
   महाकुलुङ गाउँपालिकाअन्तर्गत वडा नं. १ मा अमिता बयर राई, वडा नं. २ मा दिलिप कुमार राई, वडा नं. ३ मा टेकराम राई, वडा नं. ४ मा रत्न कुमार राई, र वडा न ५ मा किपटस राइ वडा सभापति हुनुभएको छ।

  नेचासल्यान गाउँपालिकामा वडा नं. १ मा रोशन राइ , वडा नं. २ मा सुरज के.सी , वडा नं. ३ मा राजन बास्तोला , वडा नं. ४ मा ,विष्णु बास्तोला र  वडा नं. ५ मा मणिराम राइ शेर्पा वडा सभापतिमा चयन हुनुभएको छ। शनिबार र आइतबार सम्पन्न यस वडा अधिवेशनले जिल्लाभर नयाँ राजनीतिक उत्साह थपेको छ भने अब पालिका तथा प्रदेश र जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।