बुधबार, ७ असोज, २०८३ (1790100900)
बुधबार असोज ७, २०८३

कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न

   सोलुखुम्बुः  नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सोलुखुम्बु जिल्लाका आठ स्थानीय तहमध्ये दुई वटा पालिकामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । सम्पन्न अधिवेशन अनुसार सोलुदुधकुण्ड नगरपालिकाको सभापतिमा छोङबा लामा शेर्पा र थुलुङदुधकोशी गाउँपालिकाको सभापतिमा भक्तबहादुर गुरुङ निर्वाचित हुनुभएको सोलुखुम्बुका पार्टी सचिव युवराज घिमिरले जानकारी दिनुभयो । 
    घिमिरेका अनुसार जिल्लाका बाँकी छ वटा पालिकाहरूमा पनि अधिवेशन प्रक्रिया जारी रहेको छ। केही छिटपुट स्थानहरू बाहेक देशभरका बहुसंख्यक वडाहरूमा वडा अधिवेशन सम्पन्न भइसकेको र सोही संगठनात्मक आधारमा पालिका अधिवेशनहरू अघि बढाइएको जानकारी पार्टीले दिएको छ।
  कांग्रेसको नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ । कांग्रेसले यही १६ देखि १९ गतेसम्म काठमाण्डौमा १५औँ महाधिवेशन गर्दैछ ।