१६ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी काठमाडौँबाट पक्राउ, कारागार चालान
सोलुखुम्बुः अदालतबाट कैद सजाय ठहर भई १६ वर्षदेखि फरार रहँदै आएका कर्तव्य ज्यान मुद्दाका एक प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी कारागार चालान गरेको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार थुलुङ दुधकोशी गाउँपालिका वडा नं. १, नेले बस्ने ३३ वर्षीय सन्तोष खत्रीलाई काठमाडौँको बौद्ध क्षेत्रबाट पक्राउ गरिएको हो।
सोलुखुम्बु जिल्ला अदालतको मिति २०६७ साल पुष ५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा खत्रीलाई ५ वर्ष कैद सजाय ठहर गरेको थियो। काठमाडौँको बौद्धस्थित क्षेत्रमा लुकीछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले प्रहरी वृत्त बौद्ध, काठमाडौँको समन्वयमा गत भदौ २८ गते खत्रीलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयन तथा कैद र जरिवाना भुक्तानीका लागि भदौ ३० गते सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशानुसार उनलाई सोही दिन नै कारागार कार्यालय, सोलुखुम्बुमा चालान गरिएको प्रहरीले जनाएको छ।
नयाँ लगत निकालेर खोजी तीव्र पारिएको छः सूचना अधिकारी निर्मल थापा
भिडियो सन्देशमार्फत जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी निर्मल थापाले फैसला कार्यान्वयन अभियान अन्तर्गत प्रहरीले सफलता हासिल गरेको बताउनुभयो।
“अदालतबाट मुद्दा फैसला भइसकेपछि पनि सजाय नपाइ फरार रहेका व्यक्तिहरूको खोजी कार्यलाई हामीले प्राथमिकतामा राखेका छौँ,“ प्रहरी निरीक्षक थापाले भन्नुभयो, “नयाँ लगत निकालेर खोजी कार्यलाई तीव्र पारिएकै परिणाम स्वरूप १६ वर्षअघि फैसला भएको कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई काठमाडौँबाट पक्राउ गरी कारागार चालान गर्न सफल भएका हौँ।“जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अदालतबाट फैसला भई फरार रहेका अन्य अभियुक्तहरूलाई पनि कानुनको दायरामा ल्याउन खोजी कार्यलाई निरन्तरता दिइने जनाएको छ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

