कांग्रेसका दुवै अधिवेशनमा नजाने बलबहादुर केसीको घोषणा
सोलुखुम्बुः नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीभित्र बढेको विवाद र सम्भावित फुटको स्थितिप्रति असन्तुष्टि जनाउँदै दुवै पक्षले आह्वान गरेका पार्टी अधिवेशनमा भाग नलिने र तटस्थ रहने घोषणा गर्नुभएको छ। घोषणा गर्नुभएको छ । शनिबार उहाँले पार्टीलाई एकताबद्ध बनाउनुको साटो छुट्टाछुट्टै अधिवेशन आयोजना गर्दा नेपाली कांग्रेस विभाजनको दिशातिर धकेलिएको भन्दै यस्तो निर्णय लिनुभएको जानकारी दिनुभयो।
नेता केसीले नेपाली कांग्रेसको गौरवशाली इतिहास, निष्ठा र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने जिम्मेवारी सम्पूर्ण नेता तथा कार्यकर्ताको काँधमा रहेको स्पष्ट पार्नुभयो। वर्तमान अवस्थामा दुई वटा भिन्न मितिमा छुट्टाछुट्टै आयोजना गर्न लागिएका अधिवेशनहरूले पार्टीलाई जोड्नुको सट्टा झन् विभाजन र फुटतर्फ लैजाने जोखिम बढाएको उहाँको तर्क छ। यसरी पार्टी फुट्नु वा कमजोर हुनु भनेको लोकतन्त्र र वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताको निष्ठामाथि नै गम्भीर कुठाराघात हुनुभएको उहाँले बताउनुभयो।
यस सङ्कटपूर्ण घडीमा गुटगत हठ त्यागेर मध्यमार्गी र व्यावहारिक बाटो अपनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ। दुवै पक्षले हाल तय गरेका अधिवेशनका कार्यक्रमहरू तुरुन्त स्थगित गर्नुपर्ने र सहमतिका आधारमा पार्टीका सबै पक्षलाई समेटेर नयाँ मिति तय गर्नुपर्ने सुझाव उहाँले दिनुभयो। व्यक्तिगत र समूहगत स्वार्थभन्दा माथि उठेर नेपाली कांग्रेसलाई सशक्त, अनुशासित र एकताबद्ध बनाउनका लागि सबै तहका नेता तथा कार्यकर्ताहरूलाई गम्भीर र जिम्मेवार बन्नसमेत उहाँले आग्रह गर्नुभएको छ।
विगतको सन्दर्भ जोड्दै नेता केसीले पार्टी विभाजनको सङ्केत देखापर्दा यसअघि पनि आफूले सङ्घीय निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेर अन्य आधिकारिक उम्मेदवारहरूलाई निर्वाचित गराउन सक्रिय भूमिका खेलेको स्मरण गराउनुभयो। अहिले हुन लागेका कार्यक्रमहरू पार्टीको वास्तविक ’एकताको महाधिवेशन’ नभएकाले नै आफू दुवै अधिवेशनबाट अलग रही तटस्थ बस्ने निर्णयमा पुगेको उहाँले स्पष्ट पार्नुभयो। यद्यपि, नेपाली कांग्रेसलाई एक ढिक्का बनाइराख्न र एकता महाधिवेशनको वातावरण सिर्जना गर्नका लागि भने आफू सधैँ सक्रिय र प्रतिबद्ध रहने उहाँले बताउनुभएको छ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-09-19-06-40-41.2026-09-23-06-02-53.jpeg)



2026-09-19-06-40-41.jpeg)

