बुधबार, ७ असोज, २०८३ (1788891300)
बुधबार भदौ २४, २०८३

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्बिन मगर

 सोलुखुम्बु :  जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन हुनुभएको छ । आज सम्पन्न भएको जिल्ला अधिवेशनले मगरको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चेत बहादुर मगर र सुमित्री राई, महासचिवमा प्रेम कुमार बस्नेत र कोषध्यक्षमा करिना राई चयन हुनुभएको हो । 
कार्यसमिति सदस्यमा  आनन्द राई, दिनेश  के.सी, अमृत थुलुङ, तारा बहादुर खत्री, दिपक किराती र चुडामणी के.सी चयन हुनुभएको छ । निर्वाचित सबै जनालाई प्रमाणपत्र वितरण गरिएको छ । कार्यसमितिको कार्य अवधि ४ वर्षको रहने  छ ।