जिल्ला भलिबल संघ सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न
सोलुखुम्बुमा जिल्ला भलिबल संघको जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनमा जिल्ला भलिबल संघका केन्द्रीय महासचिव रोशन श्रेष्ठको प्रमुख आतिथ्यता तथा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरको विशिष्ट आतिथ्यता रहेको थियो।
अधिवेशनको अध्यक्षता जिल्ला भलिबल संघ सोलुखुम्बुका अध्यक्ष दिपक किरातीले गर्नुभएको थियो। अधिवेशनमा जिल्लामा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि, प्रतियोगितालाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्ने तथा जिल्लाबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने विषयमा छलफल गरिएको थियो। सोलुखुम्बुमा भलिबल खेलको राम्रो सम्भावना रहेकाले स्थानीय तह, खेलकुदसँग सम्बन्धित निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। त्यस्तै, ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरूलाई प्रशिक्षण र प्रतियोगिताका माध्यमबाट अघि बढाउनुपर्नेमा समेत जोड दिइएको थियो। अधिवेशनले जिल्लामा भलिबल खेलको संस्थागत विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते



2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

