माप्यमा जिल्लाव्यापी भलिबल प्रतियोगिता हुँदै, विजेताले १ लाख ३३ हजार पाउने
सोलुखुम्बुः माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा सोलुखुम्बु जिल्लाव्यापी अन्तर–स्थानीय तह स्तरीय खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी मंसिर १९ गतेदेखि २४ गतेसम्म निर्माणाधीन कोर्कु रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगितामा निःशुल्क टिम दर्ताको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका विजेता टोलीले आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दुवै विधातर्फ प्रथम हुने टोलीलाई १ लाख ३३ हजार ३३३ रुपैयाँ, द्वितीय हुनेलाई ९९ हजार ९९९ रुपैयाँ, तृतीय हुनेलाई ६६ हजार ६६६ रुपैयाँ र चौथो स्थान हासिल गर्ने टोलीलाई ३३ हजार ३३३ रुपैयाँ प्रदान गरिनेछ । यसका साथै विधागततर्फ उत्कृष्ट खेलाडीलाई ६ हजार ६६६ रुपैयाँ र उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर तथा लिबरोलाई जनही ३ हजार ३३३ रुपैयाँसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
प्रतियोगिताका लागि प्रत्येक टोलीमा कोच वा म्यानेजरसहित १० जना सदस्य रहनेछन्, जसमा कम्तीमा ७ जना खेलाडी सोही स्थानीय तहको र बढीमा २ जना अन्य नेपाली खेलाडी समावेश गर्न पाइने नियम बनाइएको छ। टिम दर्ता गर्दा खेलाडीहरूको नागरिकता, जन्मदर्ता वा राहदानीका साथै स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । सेमिफाइनल र फाइनल खेलहरू ’बेस्ट अफ फाइभ’का आधारमा खेलिनेछन् भने सम्पूर्ण खेलाडीका लागि अनिवार्य पोसाक तोकिएको छ ।
ताजा खबर
सबै- गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण
- खुम्बुका सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम, नागरिक र प्रशासनबीचको सम्बन्ध आत्मीय हुनुपर्नेमा जोड
- दशौँ राष्ट्रिय खेलकुदको कोशी प्रदेश छनोटमा उसुतर्फ सोलुखुम्बुलाई दुई स्वर्णसहित पाँच पदक
- सोलुदुधकुण्ड नगरपालिकाको प्रशासकीय भवनको मंसिर २५ गते उद्धघाटन
- माप्यमा जिल्लाव्यापी भलिबल प्रतियोगिता हुँदै, विजेताले १ लाख ३३ हजार पाउने







