बिहीबार कार्तिक २०, २०८३
एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्ने छन् ।लुम्बिनी लिग तालिकाको शीर्ष स्थानमा छ । उसले ३ खेल मध्ये २ मा जित र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको छ ।
जनकपुर बोल्ट्स भने लिग तालिकाको चौथो स्थानमा छ । उसले ४ खेल खेलेकोमा २ मा जित र २ मा हार बेहोरेको छ । दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाज आमने–सामने हुनेछन् । विराटनगर किंग्स अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ४ खेलेकोमा २ मा जित र २ मा हार बेहोरेको छ । यता काठमान्डु भने अंक तालिकाको सातौं स्थानमा छ । उसले २ खेल खेलेकोमा १ मा जित र १ मा हार बेहोरेको छ ।
ताजा खबर
सबै- गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण
- खुम्बुका सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम, नागरिक र प्रशासनबीचको सम्बन्ध आत्मीय हुनुपर्नेमा जोड
- दशौँ राष्ट्रिय खेलकुदको कोशी प्रदेश छनोटमा उसुतर्फ सोलुखुम्बुलाई दुई स्वर्णसहित पाँच पदक
- सोलुदुधकुण्ड नगरपालिकाको प्रशासकीय भवनको मंसिर २५ गते उद्धघाटन
- माप्यमा जिल्लाव्यापी भलिबल प्रतियोगिता हुँदै, विजेताले १ लाख ३३ हजार पाउने







