सोलुखुम्बुबाट नवजात शिशुसहित सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार
सोलुखुम्बु : सोलुखुम्बुबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोलु दुधकुण्ड नगरपालिका ८ की २४ वर्षीया कल्पना बस्नेत र नवजात शिशुको जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं रेफर गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्कीले गर्भावस्थाको २४ हप्तामै आज बिहान बच्चालाई जन्म दिनुभएको थियो। समय अगावै जन्मिएका कारण शिशुको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको थियो । नवजात शिशुलाई एनआइसीयूमा राखेर तत्काल उपचार गर्नुपर्ने भए पनि जिल्ला अस्पताल फाप्लुमा उक्त सेवा उपलब्ध थिएन।
जटिल स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै जिल्ला अस्पताल फाप्लुको सिफारिस तथा चिकित्सकको रेफर पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले उद्धारका लागि पहल गरेको थियो। प्रशासनले ’राष्ट्रपति महिला उद्धार कार्यक्रम’ अन्तर्गत हेलिकप्टरको व्यवस्था गरिदिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अनुरोध गरेपछि हवाई उद्धार सम्भव भएको प्रशासनले जनाएको छ । हेलिकप्टरमार्फत काठमाडौँ पठाएका आमा र शिशुको अहिले त्रिवि शिक्षण अस्पताल (टिचिङ) वा थापाथली प्रसूति गृहमा थप उपचार भइरहेको छ ।
ताजा खबर
सबै- गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण
- खुम्बुका सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम, नागरिक र प्रशासनबीचको सम्बन्ध आत्मीय हुनुपर्नेमा जोड
- दशौँ राष्ट्रिय खेलकुदको कोशी प्रदेश छनोटमा उसुतर्फ सोलुखुम्बुलाई दुई स्वर्णसहित पाँच पदक
- सोलुदुधकुण्ड नगरपालिकाको प्रशासकीय भवनको मंसिर २५ गते उद्धघाटन
- माप्यमा जिल्लाव्यापी भलिबल प्रतियोगिता हुँदै, विजेताले १ लाख ३३ हजार पाउने






