सोलुखुम्बुमा ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
सोलुखुम्बु : सोलुखुम्बुमा ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । लिखुपिके गाउँपालिका–३ स्थित एक होटलमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा बियरको बोतल प्रहार गरी एक युवकलाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी मौसम तामाङले जानकारी दिनुभयो ।
गत कात्तिक २४ गते राति करिब ११ बजे छिरिङ शेर्पा होटल एण्ड स्नोकर हाउसमा भएको घटनामा होटल सञ्चालक सोमनाथ गुरुङ र आङमाया शेर्पाले चौलाखर्कका ३० वर्षीय उमेश भन्ने धनबहादुर बस्नेतको टाउकोमा बियरको बोतल प्रहार गरेको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ ।सूचना अधिकारी तामाङका अनुसार पक्राउ परेका दुवै जनालाई सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
ताजा खबर
सबै- गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण
- खुम्बुका सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम, नागरिक र प्रशासनबीचको सम्बन्ध आत्मीय हुनुपर्नेमा जोड
- दशौँ राष्ट्रिय खेलकुदको कोशी प्रदेश छनोटमा उसुतर्फ सोलुखुम्बुलाई दुई स्वर्णसहित पाँच पदक
- सोलुदुधकुण्ड नगरपालिकाको प्रशासकीय भवनको मंसिर २५ गते उद्धघाटन
- माप्यमा जिल्लाव्यापी भलिबल प्रतियोगिता हुँदै, विजेताले १ लाख ३३ हजार पाउने






