दुधकुण्ड पुगेका भक्तजनहरुको सशस्त्र प्रहरी बलद्वारा स्वास्थ्य जाँच
सोलुखुम्बु । जनै पूर्णिमाको अवसरमा सोलुखुम्बुको दुधकुण्ड दर्शनमा गएका भक्तजनहरुलाई सशस्त्र प्रहरी बल सोलुखुम्बुले स्वास्थ्य जाँच तथा उद्दार गरेको छ । सोलुदुधकुण्ड नगरपालिका १ मा टाक्सिन्दुमा अवस्थित दुधकुण्ड पुगेका करिब ६० जना भक्तजनको सशस्त्र प्रहरी बलले स्वास्थ्य जाँच गरेको हो ।
सशस्त्र प्रहरी बल आश्रीत गुल्म सोलुखुम्बुवाट सहायक प्रहरी नायब निरिक्षक युवराज राउतको कमाण्डमा खटिएका ११ जनाको सशस्त्र प्रहरी टोलीले निशुल्क स्वास्थ्य जाँचका साथमा औषधी समेत वितरण गरेको गुल्मले जनाएको छ । गुल्मले दुधकुण्ड पोखरीमा हुने भिडभाड व्यवस्थापनका साथमा मेला समापन पछि दुधकुण्ड मन्दिरतथा पोखरीको सरसफाई समेत गरेको छ ।
जनै पूर्णिमाको अवसरमा मेला लाग्ने सोलुखुम्बुको सानो दुधकुण्ड फाप्लु र चाँगेस्थान लगायत्का क्षेत्रमा समेत सशस्त्र प्रहरी बल पुगेको थियो । मेला लागेका स्थानहरुमा नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीय स्वयम् सेवकहरुले सक्रियताकासाथ कार्य गरेका थिए ।


ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

