सोलुदुधकुण्ड नगरपालिकाले जथाभाबी टाँगिएको तार व्यवस्थापन गर्दै
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले सिद्धिचरण राजमार्गमा टाँगिएको विभिन्न इन्टरनेट कम्पनीहरूका तारहरू व्यवस्थापन गरिरहेको छ । नगरपालिकाले जोर बौद्ध देखी पत्ताले सम्म विभिन्न इन्टरनेट कम्पनीहरूले तानेका तारहरूको व्यवस्थापन गरीरहेको सोलुदुधकुण्ड नगरपालिकाले जनाएको छ ।
सोलुखुम्बु जिल्ला पर्यटकीय जिल्ला रहेको र पत्ताले देखी जोर बौद्ध सोलुखुम्बु प्रवेश द्वार रहेकाले जथाभाबी टाँगिएका तारहरूले सोलुखुम्बुको सौन्दर्यतामा असर पुरयाउने भएकाले जथाभाबी टाँगिएका तारहरूको व्यवस्थापन गरिएको नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभएको छ ।
सोलुदुधकुण्ड नगरपालिका वातावरणीय सौन्दर्यताको हिसाबले विगतको तुलनामा हाल निक्कै राम्रो भएको प्रमुख शेर्पाको भनाई रहेको छ । नगरपालिकालाई सुन्दर बनाउन नगर क्षेत्रमा रहेको बाटोहरू मर्मत गर्ने, विभिन्न मन्दिर लगायत सार्वजनिक स्थानहरूको सरसफाइमा जोड दिने नगर प्रमुख शेर्पाले बताउनुभएको छ । नगरपालिकाले अव्यवस्थित तारहरूलाई व्यवस्थापन गर्ने काम यही १४ गते देखी थालेको हो ।
अव्यवस्थित तार व्यवस्थापनमा सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रहरीहरू खटिएका छन् । बिद्युत् पोलहरूबाट तानिएका तारहरू व्यवस्थापन गर्ने काम आधा जसो सकिएको र काम सम्पन्न गर्न अझै ५ दिन लाग्ने सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रहरी प्रमुख ङवाङ ठिले शेर्पाले बताउनु भएको छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

