सल्लेरीमा लाखे नाचको रौनकता
सोलुखुम्बु । आज सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारमा लाखे नाचको रौनकता छाएको छ । टाउकोमा राक्षसको मखुन्डो लगाएर ढोलक र झ्याम्टाको तालमा उफ्रिँदै अनि घुम्दै नाच्ने लाखेलाई हेर्ने दर्शकहरूको भीड पनि उस्तै देख्न सकिन्छ ।
वर्ष दिनमा मात्र देखाइने लाखे नाचलाई हेर्न बच्चादेखि वृद्धासम्म उत्साहित देखिन्छन् भने घरको छत, बरन्डा र बाटोबाट लाखे नाच हेर्नेहरूको ताती भने उस्तै छ । यता नेपाल प्रहरीको टोली पनि सक्रियताका साथ सुरक्षामा खटेको दृश्य देख्न सकिन्छ ।
सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पुमा अवस्थित नेवार समुदायले नेवारी संस्कार संस्कृति जर्गेना गर्ने उद्देश्यले हरेक वर्ष लाखे नाच प्रदर्शन गर्दै आएका छन् । नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य लाखे नाच सोलुखुम्बुमा करिव ५ दशकदेखि दोर्पू नेवार समाज सोलुखुम्बुले निरन्तरता दिँदै आएको छ ।
लाखे नाच गठेमङ्गलदेखि कृष्ण अष्टमीको भोलिपल्ट सम्म नाचिने दोर्पू नेवार समाज सोलुखुम्बुका अध्यक्ष बुद्धि नारायण श्रेष्ठ बताउनुहुन्छ । परापूर्व कालदेखि मनाउँदै आएको लाखे जात्राले नेवारी संस्कार संस्कृति जगेर्ना गर्न साथै नेवार र गैर नेवार समुदायबिच आपसी भाइचाराको सन्देश प्रवाह गर्दै भ्रातृत्व कायम गर्न पनि यस जात्राले टेवा पुर्याउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिँगारेर लाखे नचाउने परम्परा रहेको छ । कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने परम्परा रहेको छ ।



ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते



2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

