मंगलबार श्रावण १४, २०८२
इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरु स्वदेश फिर्ता
सोलुखुम्बुः संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि इराक स्थित मा कार्यरत कर्मचारी एवं शान्ति सैनिकहरू क्रमिक रूपमा फिर्ता गरी मिति २०८२ पौष १६ गतेसम्ममा बन्द गर्ने संयुक्त राष्ट्र संघको योजना अनुसार सन् २०२५ जुलाई अन्तिमसम्ममा मिसनबाट फिर्ता हुनुपर्ने ८८ जना नेपाली शान्ति सैनिकहरू मध्ये अन्तिम २७ जनाको टोली आज मिति २०८२ श्रावण १३ गते प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा स्वदेश फिर्ता भएको छ ।
संयुक्त राष्ट्र संघको योजना अनुसार अन्तिम टोलीको आगमनसँगै उक्त मिसनबाट मिति २०८२ आषाढ २४ गते पश्चात् विभिन्न ४ वटा व्यावसायिक उडान मार्फत मिसनमा तैनाथ सबै नेपाली शान्ति सैनिकहरू फिर्ता भएका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते



2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

