लिखु पिके गाउँपालिकामा अपाङ्गता भएका नागरिकलाइ सहयोगी सामग्री र पाठ्य सामग्री वितरण
सोलुखुम्बुः लिखु पिके गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाइ सहयोगी सामग्री वितरण तथा शैक्षिक समावेशीकरणलाई लक्षित गर्दै पाठ्य सामग्री वितरण गरिएको छ । उक्त कार्यक्रम अपाङ्गता भएका ब्यक्तिहरुलाइे दैनिक जीवन सहज बनाउने उदेश्यले साम्रगीहरु वितरण गरिएको हो ।
पालिका अध्यक्ष मिना कार्की बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूलाई हिँडडुल गर्न सहज हुने ह्विलचेयर, वाकर, वाकिङ स्टिक लगायतका सहयोगी सामग्रीहरू वितरण गरिएको छ । साथै विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई आवश्यक पर्ने झोला, किताब, कलम, कपी जस्ता शैक्षिक सामग्रीहरू समेत प्रदान गरिएको अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभयो ।
पालिका अध्यक्ष मिना कार्की बस्नेतले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्दै समाजमा उनीहरूको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले पालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको आत्मबल अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा सहभागी समुदायका प्रतिनिधिहरूले यस्तो किसिमको कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र अपाङ्गता भएका व्यक्तिहरूप्रति आम मानिसको दृष्टिकोण परिवर्तन गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।
यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर जीवन यापन गर्न प्रेरणा दिनुको साथै समाजमा समावेशीता र सहअस्तित्वको भावना विस्तार गर्न मद्दत पुरयाउने गाउँपालिकाले जनाएको छ । कर्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, विषयगत शाखाका शाखा प्रमुखहरू, पालिका कर्मचारीहरू तथा अपाङ्गता मिलिजुली समूहका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

