नेचासल्यान–५ मा खानेपानी आयोजनाको शुभारम्भ हुँदै, प्रदेश सरकारबाट ७० लाख बजेट विनियोजन
सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–५ मा खानेपानी समस्या समाधान गर्ने उद्देश्यले एक महत्त्वपूर्ण योजना सुरु हुन लागेको छ । गाउँपालिका अध्यक्ष धनजन राईको पहल र अथक प्रयासमा प्रदेश सरकारको तर्फबाट उक्त आयोजनाका लागि आर्थिक वर्ष २०८२÷८३ का लागि रु. ७० लाख (सत्तरी लाख) बजेट विनियोजन भएको हो ।
जिम्मिर मुहानबाट पानी लिइने यस योजनाबाट बजारे, तारेढुङ्गा, गैरी हुँदै केसरी, फलाटे, धर्जने र पिपिरीसम्मका बासिन्दा लाभान्वित हुनेछन्। खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित निर्माण कार्य आगामी साउन महिनाबाट सुरु गरिने नेचासल्यान गाउँपालिकामा कार्यरत दुर्योधन राइले जानकारी दिनुभयो ।
नयाँ बजेटको माध्यमबाट खानेपानी योजना निर्माण गरिने र लक्ष्यित बस्तीका घरघरमा स्वच्छ खानेपानी आपूर्ति गरिने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष राईले यस योजनालाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याई बासिन्दाको जीवनस्तर सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यस योजनाले स्थानीय समुदायमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै स्वास्थ्य र जीवनस्तर सुधारमा समेत ठुलो टेवा पु¥याउने अपेक्षा गरिएको छ। योजना प्रभावकारी कार्यान्वयनका लागि पालिका, प्राविधिक टोली र उपभोक्ता समितिबीच सहकार्य र समन्वय हुने जनाइएको छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

