नेचासल्यानको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न, फागुन ७ मा उद्धघाटन
सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को वैशाख मा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कार्य हालै सम्पन्न भएको हो ।
निर्माण कम्पनी आरोन ओम बालाजी इ आर रामेछापले निर्माण कार्य सम्पन्न गरी गाउँपालिकालाई चाबी आज हस्तान्तरण गरेको छ ।
गाउँपालिका अध्यक्ष धनजन राईले चाबी लिँदै निर्माण कम्पनीलाई समयभित्रै भवनको निर्माण कार्य सम्पन्न गरेकोमा धन्यवाद दिनुभयो । वहाँले अब फागुन ७ गते भवनको औपचारिक रूपमा उद्घाटन हुने जानकारी दिनुभयो । पार्किङ सहितको साडे ३ तले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको र अब प्रशासनिक सेवा प्रवाहमा सहजता हुने गाउँपालिका उपाध्यक्ष बिना राईले बताउनुभयो।
नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा प्रशासनिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । २०८१ वैशाख १० गते गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष बिना राईले भवनको शिलान्यास गर्नुभएको थियो ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

