थुुलुङ दुधकोशी प्रबेश गर्दा १५ दिन क्यारेन्टिनमा बस्नुपर्ने
सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले बाहिरी जिल्लाबाट आएका ब्यक्तीलाई १५ दिन क्यारेन्टिनमा राख्ने भएको छ । आज बसेको गाउँकार्यपालिकाको बैठकले कोरोनाको अबस्था भयबह बन्द गएकाले जिल्ला बाहिरबाट आउने सबै नागरिकहरुलाई अनिवार्य १५ दिन होम क्यारेन्टिनमा राख्ने निर्णय भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । यस्तै गाउँपालिका उपाध्यक्षको सम्योजकत्वमा सबै वडाका अध्यक्ष , सम्बन्धित वडाका स्वास्थ्य इन्र्चाज, प्रधानाध्यापक , सुरक्षाकर्मी , राजनीतिक दलका स्थानिय प्रतिनिधि सहितको गुनासो तथा सुचना समुह बनाउने निर्णय गरिएको छ ।
गाउँपालिकामा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, बजार अनुगमनलाई तिब्रता दिने, विद्यालय अन्तर्गत सन्चालन हुने सबै परिक्षाहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बैशाख २३ गतेदेखि सन्चालन गर्ने गाउँपालिकाले जनाएको छ । स्थानिय उत्पादन, फलफुल लगायतका सामग्रीहरु भिडभाड रहित तरिकाले सुरक्षाका सबै संयन्त्र मार्फत बिक्री वितरण गर्न पाउने र सभा सम्मेलन , खेलकुद लगायतका ठुला जमघटका कार्यक्रम पुर्ण प्रतिबन्ध लगाउँने अध्यक्ष राईले जानकारी दिनुभयो।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

