गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
सोलुखुम्बु ः सोलुखुम्बुको पर्यटकीय क्षेत्र गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिक छेन छिआनको शव जटिल भौगोलिक अवस्थाबीच भीरबाट निकालिएको छ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार खोजीका क्रममा गत असोज २० गते फोर्चे क्षेत्रअन्तर्गत पर्ने थाङ्गे भीरबाट करिब ५०० मिटर तल रहेको चट्टानी खोचमा छेन छिआन मृत अवस्थामा फेला परेका थिए।
अत्यन्तै विकट तथा गहिरो चट्टानी खोचमा शव भेटिएपछि उद्धारमा चुनौती देखिएको थियो। हेलिकप्टरबाट उद्धार गर्नसमेत कठिन हुने अवस्था रहेपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय अनुभवी क्लाइम्बरहरूको संयुक्त प्रयासमा जोखिम मोलेर शवलाई सुरक्षित स्थानसम्म ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कठिन भूभागमा ज्यानको जोखिम मोलेर उद्धार कार्यमा खटिएका नेपाली सेना तथा नेपाल प्रहरीका सुरक्षाकर्मीको उच्च लगनशीलता र समर्पणप्रति प्रमुख जिल्ला अधिकारीको तर्फबाट धन्यवाद तथा उच्च सम्मान व्यक्त गरिएको छ।
शवलाई कठिन भूभागबाट बाहिर निकालिए पनि घटनासँग सम्बन्धित कानुनी प्रक्रिया भने बाँकी रहेको प्रशासनले जनाएको छ। अब शवलाई थप पोस्टमार्टमलगायत आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गर्न काठमाडौं पठाइने र त्यसपछि सम्बन्धित देश चीन पठाउने प्रक्रिया अघि बढाइनेछ।
ताजा खबर
सबै- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो



2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

